नेभिगेशन
प्रदेश

कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय, प्रदेश सचिवदेखि राजस्व विधेयकसम्म

कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका लागि प्रदेश सचिव खटाउनेदेखि सामयिक राजस्वसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने स्वीकृतिसम्मका महत्वपूर्ण निर्णय गरेको छ ।


मंगलबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रमेश केसीलाई प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरेको हो । केसीले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधिसम्बन्धी क्षेत्रको जिम्मेवारी सम्हाल्नेछन् । उनी सरुवा भएर कर्णाली आएका हुन् ।
बैठकले कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान कायम गर्ने निर्णय गरिएको छ । संघीय सरकारको दरबन्दीमा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी, प्रदेश तथा स्थानीय तहका कर्मचारी र करार कर्मचारीलाई समेत नयाँ तलबमान लागू गर्ने निर्णय भएको अर्थमन्त्री टेकराज पछाईले जानकारी दिएका छन् ।


सरकार गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रशासनिक व्यवस्थापन, राजस्व संकलन र कर्मचारीको तलबमानसम्बन्धी निर्णय अघि बढाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update