नेभिगेशन
समाचार

सुर्खेत–नेपालगन्ज सडक डबल लेन र जुम्ला रोड ६ लेनमा विस्तार गरिने : मन्त्री लम्साल

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सुर्खेत–नेपालगन्ज सडकलाई डबल लेनमा स्तरोन्नति गर्ने तथा वीरेन्द्रनगरस्थित जुम्ला रोडलाई ६ लेनमा विस्तार गर्ने बताएका छन्।


सुर्खेत भ्रमणका क्रममा मन्त्री लम्सालले कर्णाली प्रदेशको सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उद्देश्यसहित सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइने बताए।
उनले कर्णाली प्रदेशको समग्र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै सडक, पुललगायतका विकास आयोजनालाई प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए।


हाल मन्त्री लम्साल कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर सडक तथा अन्य पूर्वाधार आयोजनाको स्थलगत निरीक्षण तथा प्रगति अवस्थाबारे जानकारी लिइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update