नेभिगेशन
समाचार

पदभार सम्हाल्दै गृहमन्त्री गुरुङका महत्वपूर्ण निर्णय

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै विभिन्न महत्वपूर्ण निर्णय गरेका छन्।
मंगलबार गृह मन्त्रालयमा पदभार सम्हाल्दै उनले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने प्रक्रिया अघि बढाउने, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने विषयमा अध्ययन गर्ने निर्णय गरेका हुन्।


त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने, अनुसन्धानको क्रममा रहेका महत्वपूर्ण मुद्दाहरूको छानबिन प्रक्रिया टुंगोमा पुर्‍याउने लगायतका निर्णयसमेत गरिएको गृह मन्त्रालयले जनाएको छ।


गृहमन्त्री गुरुङले कानूनको शासन, सुशासन र प्रभावकारी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update