नेभिगेशन
शिक्षा

सुर्खेत मोडेल कलेजको घोषणा : ३.९० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई १ लाख नगद पुरस्कार

सुर्खेत मोडेल कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै आयोजना गरेको अभिमुखीकरण (ओरिएन्टेसन) कार्यक्रमको पहिलो दिन उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ।
नयाँ शैक्षिक यात्राको सुरुवात गरेका विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अनुशासन, आचारसंहिता, जिम्मेवारी तथा अध्ययन प्रणालीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा सुर्खेत मोडेल एकेडेमी सञ्चालक समितिका अध्यक्ष सुरजराज भण्डारी सभाअध्यक्ष रूपमा सहभागी हुनुहुन्थ्यो भने सुर्खेत मोडेल कलेज सञ्चालक समिति अध्यक्ष, प्रमुख अतिथि क्याम्पस  प्रमुख गणेश आचार्य बिशिष्ट अथिति कलेजका प्राध्यापकहरू, सुर्खेत मोडेल एकेडेमीकी प्रधानाध्यापक सुस्मा थापा लगायत नवआगन्तुक विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले गीत, गजल, साहित्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका प्रतिभाले कार्यक्रमलाई थप आकर्षक र प्रेरणादायी बनाएको थियो।


कार्यक्रमका सभापति सुरजराज भण्डारीले विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले महत्वपूर्ण घोषणा गर्नुभयो। उहाँले भन्नुभयो,
“यसै वर्षदेखि सुर्खेत मोडेल कलेजमा कक्षा १२ को अन्तिम परीक्षामा ३.९० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार र सोभन्दा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।”
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने कलेजको यो पहलले विद्यार्थीहरूमा थप उत्साह, प्रतिस्पर्धात्मक भावना र सफलताको लक्ष्यतर्फ अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
नयाँ विद्यार्थीहरूको स्वागतसँगै सुरु भएको अभिमुखीकरण कार्यक्रमले सुर्खेत मोडेल कलेजको शैक्षिक गुणस्तर, प्रतिभा विकास र विद्यार्थी केन्द्रित शिक्षाप्रतिको प्रतिबद्धता झल्काएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update