नेभिगेशन
समाचार

रास्वपा जाजरकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न, महेश सिंह सभापतिमा चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट महेश सिंहको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा महेश सिंह सभापति, प्रकाश कार्की उपसभापति, कर्ण जैसी सचिव तथा इन्द्रजित शाही सहसचिवमा चयन भएका छन्।

“रास्वपा जाजरकोटको प्रथम अधिवेशनले जिल्लामा संगठन निर्माण, राजनीतिक सक्रियता र वैकल्पिक राजनीतिक अभ्यासलाई थप सशक्त बनाउने सन्देश दिएको छ। महेश सिंहको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले पार्टीको नीति, सिद्धान्त र जनताका सरोकारका मुद्दालाई केन्द्रमा राख्दै जिल्लाभर संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।”

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update