नेभिगेशन
समाचार

मनिष झाले सबै राजनीतिक दलका नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहेपनि त्यसको फाइदा उठाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका हुन् ।

 

वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ? भन्दै प्रश्न समेत सांसद झाले गरे ।

हामीले हाम्रो नगर भनेकै छैनौं तर सुशासनको अभ्यास सबैतिर गरौं । होइन नगर्ने भए केही दिनको लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुस् कृपया । त्यो अध्यादेश के होस् भने– अमुख अमुख पार्टीमो तद् तद् नेताको कहिले पनि हुँदैन, आजीवन हुँदैन । त्यसमा कसैले आवाज उठाउन पाउँदैन किनकि उहाँहरू जेल बस्नुभएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update