नेभिगेशन
समाचार

यस्ता छन् मन्त्रिपरिषद्का मुख्य पाँच निर्णय

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मुख्य पाँचवटा विषयमा निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गठनसहितका पाँचवटा निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

अध्यक्षको नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक रहने गरी सिफारिस समिति गठन गरिएको छ । जसमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य छन् । 

बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेसको स्वीकृति दिएको छ । 

 

मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न पनि बैठकले स्वीकृति प्रदान गरेको छ । त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्यलाई मनोनयन गरेको छ ।सदस्य पदमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरेको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update