नेभिगेशन
समाचार

वि.स. २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको नक्सालको बाल मन्दिरको पुनर्निर्माण प्रक्रिया ०७६ मा मात्रै सुरू भयो।

त्यतिबेला रविना कन्स्ट्रक्सनले ५२ करोड ५४ लाखमा पुनर्निर्माणका लागि ठेक्का लिएको पाँच वर्ष बितिसक्दा पनि काम सकेको छैन।

पाँच वर्षमा पटकपटक गरी २५ महिना त म्याद नै थप गरिएको छ। 

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का आयोजना उपनिर्देशक अविनाश श्रीवास्तवका अनुसार उक्त कम्पनीसँग २०७६ कात्तिक २० गते सम्झौता गरेको थियो।

रेट्रोफिटिङ र फिनिसिङ कामका लागि २ वर्षको समय दिइएको थियो। पाँच वर्ष बितिसक्दा करिब ७१ प्रतिशतमात्रै काम सकिएको हो। 

निर्माण कम्पनीले अगाडिको भाग मात्रै बनाएको जस्तो देखाएका छाडेको नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update