जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं. ४ स्थित श्री मालटाकुरा माध्यमिक विद्यालयमा कुशे गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरजवाफ तथा नृत्य प्रतियोगिता कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

मिति २०८२ साल पौष २२ गते कुशे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा थर्पु भार्मा जाजरकोटको समन्वयमा आयोजित उक्त कार्यक्रममा कुशे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष निम बहादुर शाही सभाअध्यक्ष रहनुभएको थियो भने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गणेश रावत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक देव बहादुर बस्नेत अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने नवराज भण्डारी लगायत कुशेका विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत सम्पन्न हाजिरजवाफ प्रतियोगितामा
प्रथम: श्री भगवती माध्यमिक विद्यालय
द्वितीय: श्री दुर्गा माध्यमिक विद्यालय
तृतीय: श्री मान्नेढुङ्गा माध्यमिक विद्यालय
सान्त्वना: श्री मालटाकुरा माध्यमिक विद्यालय
त्यसैगरी नृत्य प्रतियोगितामा
प्रथम: श्री मालटाकुरा माध्यमिक विद्यालय
द्वितीय: श्री भगवती माध्यमिक विद्यालय
तृतीय: श्री मान्नेढुङ्गा माध्यमिक विद्यालय
सान्त्वना: श्री दुर्गादेवी माध्यमिक विद्यालय
कार्यक्रममा बोल्दै अतिथि देव बहादुर बस्नेतले यस्ता कार्यक्रमले विद्यार्थीमा ज्ञान, अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गराउने भन्दै, “शिक्षा केवल कक्षा कोठामा सीमित नभई यस्ता सिर्जनात्मक गतिविधिबाट अझ प्रभावकारी बन्छ,” भन्ने सकारात्मक सन्देश व्यक्त गर्नुभयो।

त्यसैगरी प्रधानाध्यापक नवराज भण्डारीले आफ्नो सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो। उहाँको गीत प्रस्तुतिले कार्यक्रममा उपस्थित अतिथि, शिक्षक तथा दर्शकहरूलाई अत्यन्तै प्रभावित बनाएको थियो र कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता शैक्षिक, बौद्धिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। सहभागी सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा आयोजक पक्षलाई धन्यवाद दिँदै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो।