नेभिगेशन
शिक्षा

सुर्खेत मोडेल कलेजद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

सुर्खेत मोडेल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगरस्थित सिटी बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कलेजका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।


“स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा सार्वजनिक स्थल सफा गर्दै वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना फैलाउने उद्देश्य राखिएको कलेजले जनाएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले समाज परिवर्तनका लागि युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए। सरसफाइ अभियानले वातावरण मात्र नभई नागरिकमा सकारात्मक सोच र जिम्मेवारीको भावना विकास गर्ने विश्वास व्यक्त गरिएको छ।


स्थानीयवासीले पनि कलेजको यस कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक अभियानले समुदायमा राम्रो सन्देश प्रवाह हुने बताएका छन्।
सुर्खेत मोडेल कलेजले शिक्षा सँगै सामाजिक चेतना र जनहितका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update