नेभिगेशन
शिक्षा

कुशेमा पहिलोपटक अन्तर विद्यालय हाजिरजवाफ तथा लोक नृत्य प्रतियोगिता सम्पन्न

विद्यार्थीको अन्तर्निहित क्षमता पहिचान गर्नुका साथै सिकाइ आदान–प्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले श्री देउराली आधारभूत विद्यालय, कुशे–४ अर्छानीद्वारा आयोजित अन्तर विद्यालय कक्षा १–५ स्तरीय हाजिरजवाफ तथा लोक नृत्य प्रतियोगिता कार्यक्रम भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

कार्यक्रम २०८२ साल पौष ४ गते सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन शिक्षक प्रमेश्वर शाहले गर्नुभएको थियो भने वडा सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य श्री नन्दाराम जैसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कुशे गाउँपालिकाका वडा अध्यक्ष श्री निमबहादुर शाही प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र जैसीले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक गतिविधिले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सामूहिक भावना विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रतियोगिताको नतिजा

हाजिरजवाफ प्रतियोगितातर्फ

प्रथम : श्री पिपलचौतारा आधारभूत विद्यालय

द्वितीय : श्री देउती आधारभूत विद्यालय

तृतीय : श्री देउराली आधारभूत विद्यालय

सान्त्वना : श्री भगवती माध्यमिक विद्यालय

"लोक नृत्य प्रतियोगितातर्फ"

प्रथम : श्री पिपलचौतारा आधारभूत विद्यालय

द्वितीय : श्री देउराली आधारभूत विद्यालय

तृतीय : श्री भगवती माध्यमिक विद्यालय

सान्त्वना : श्री देउराली आधारभूत विद्यालय

कार्यक्रममा सहभागी विद्यालय, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले प्रस्तुत गरेका ज्ञान, सीप र सांस्कृतिक नृत्यले उपस्थित सबैलाई आकर्षित गरेको थियो।

आयोजकका अनुसार, कुशे गाउँपालिकाभित्र विद्यालयस्तरमा यस प्रकारको अन्तर विद्यालय प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो। कार्यक्रमले गाउँपालिकाभित्र शैक्षिक गुणस्तर सुधार, विद्यालयबीचको सहकार्य र विद्यार्थीको सर्वाङ्गीण विकासमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update