नेभिगेशन
खेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ आज सम्पन्न भएको छ । सिजन–२ मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ ।

प्रतियोगितामा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए । उत्कृष्ट प्रदर्शनको पुरस्कारस्वरूप उनले ओमोडा कार प्राप्त गरेका छन् । त्यस्तै, लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बनेका छन् । उनले पल्सर बाइक पुरस्कार पाएका छन् ।

लुम्बिनीका रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पाँच लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भए ।

लुम्बिनी लायन्सको जितपछि बर्दिया निवासी जयराम बीसीले खुशी व्यक्त गर्दै यो खेल ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । उनले लुम्बिनीले उपाधि मात्र जितेको होइन, उत्कृष्ट खेल प्रदर्शनमार्फत नयाँ इतिहास रचेको समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update