नेभिगेशन
खेलकुद

८४ खेल, १० टिम र कडा नियम: रोमाञ्चक बन्दै Indian Premier League 2026 को १९औँ सिजन

भारतमा आयोजना हुने विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता Indian Premier League 2026 (आइपिएल) को १९औँ संस्करण मार्च २८ देखि मे ३१ सम्म सञ्चालन हुने भएको छ। यसपटकको सिजनलाई अहिलेसम्मकै ठूलो संस्करणका रूपमा प्रस्तुत गरिएको छ, जसमा १० टिमबीच कूल ८४ खेल हुनेछन् भने प्रत्येक टिमले १६–१६ खेल खेल्नेछन्।


सिजनको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन Royal Challengers Bengaluru र Sunrisers Hyderabad बीच हुनेछ। उक्त खेल बेंगलुरुस्थित M. Chinnaswamy Stadium मा आयोजना गरिनेछ।
अप्रिल–मे महिनामा भारतका केही राज्यमा हुने विधानसभा चुनावका कारण प्रारम्भिक चरणमा २८ मार्चदेखि १२ अप्रिलसम्मका २० खेलको मात्र तालिका सार्वजनिक गरिएको छ। बाँकी खेलहरूको तालिका पछि सार्वजनिक गरिने भारतीय क्रिकेट बोर्डले जनाएको छ।
यस सिजनमा Chennai Super Kings, Mumbai Indians, Kolkata Knight Riders, Delhi Capitals, Rajasthan Royals, Punjab Kings, Lucknow Super Giants र Gujarat Titans लगायत १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका खेलहरू भारतका १३ सहरमा खेलाइनेछन्। केही टिमले एकभन्दा बढी होम ग्राउन्ड प्रयोग गर्नेछन्। विशेषगरी रायपुरस्थित Shaheed Veer Narayan Singh Stadium मा १३ वर्षपछि पुनः आइपिएल खेल हुनुले दर्शकमा थप उत्साह थपिएको छ।
यस संस्करणमा व्यवस्थापनतर्फ पनि कडाइ गरिएको छ। अब म्याचकै दिन अभ्यास गर्न नपाइने, खेलाडीहरूले अनिवार्य रूपमा टिम बसमै यात्रा गर्नुपर्ने तथा परिवारका सदस्यलाई सीमित क्षेत्रमा मात्र प्रवेश दिने नियम लागू गरिएको छ। साथै ड्रेस कोड र अनुशासनसम्बन्धी नियमहरू पनि अनिवार्य गरिएको छ।
खेलाडी अक्सनतर्फ Cameron Green सबैभन्दा महँगो खेलाडी बनेका छन्। उनलाई Kolkata Knight Riders ले २५.२० करोड रुपैयाँमा अनुबन्ध गरेको हो।
प्रतियोगिताको फाइनल मे ३१ मा बेंगलुरुमा हुने तय गरिएको छ। प्लेअफ चरणअन्तर्गत पहिलो क्वालिफायर मे २६, एलिमिनेटर मे २७ र दोस्रो क्वालिफायर मे २९ मा हुने सम्भावना छ।


आइपिएल २०२६ का खेलहरू टेलिभिजनमा स्टार स्पोर्ट्समार्फत प्रसारण हुनेछन् भने डिजिटल रूपमा JioHotstar मा हेर्न सकिनेछ। नेपालमा भने कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update