नेभिगेशन
खेलकुद

१३औँ कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : प्रबिन बयकले कास्य पदक जित्दै कर्णालीको शिर ठाडो बनाए

१३औँ कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका तर्फबाट सहभागी प्रबिन बयकले शानदार प्रदर्शनसहित कास्य पदक जित्दै कर्णालीको शिर गर्वले ठाडो पारेका छन्। कडा प्रतिस्पर्धा र उच्चस्तरीय खेलाडीहरूबीच उनले देखाएको दमदार खेल कौशल, अनुशासन र आत्मविश्वासले नेपाली खेलक्षेत्रमा नयाँ ऊर्जा थपेको छ।

अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक उपस्थिति जनाउँदै बयाकले नेपालको झण्डा मात्र उचालेनन्, कर्णाली प्रदेशलाई विश्वमञ्चमा पहिचान दिलाउने अर्को उपलब्धि पनि दिलाए।
उनको उत्कृष्ट खेल प्रदर्शनले नेपाली तेक्वान्दोको क्षमता, लगनशीलता र सम्भावनालाई पुनः पुष्टि गरिदिएको छ।

प्रबिनको यस सफलताप्रति कर्णालीका युवा, खेलप्रेमी तथा परिवारजन अत्यन्त खुसी छन्। नेपाल तेक्वान्दो संघले पनि बयाकको मेहनत, समर्पण र उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

प्रबिन बयाकको यो उपलब्धि कर्णाली मात्र होइन, सम्पूर्ण नेपालका लागि गौरवको विषय बनेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update