नेभिगेशन
समाचार

नेपाललाई प्रभावित पार्न सक्ने भारत-पाकिस्तान युद्ध: सांसद गौतमको सरकारलाई समयमै सचेत रहन आग्रह

२४ वैशाख — नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच बढ्दो तनाव र युद्धको सम्भावनाले नेपालमा पार्न सक्ने प्रभावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारलाई समयमै सचेत रहन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले नेपालजस्तो भूराजनीतिक संवेदनशीलतामा रहेको मुलुकका लागि दक्षिण एसियाली मुलुकबीचको युद्ध दीर्घकालीन असर ल्याउने चेतावनी दिए,

यस्तै, बर्दिया जिल्लामा भइरहेको मानव-वन्यजन्तु द्वन्द्वबारे आवाज उठाउँदै सांसद गौतमले बाघ, चितुवा र अन्य जङ्गली जनावरका कारण स्थानीय बासिन्दाको जीवन दिनप्रतिदिन त्रासदीपूर्ण बन्ने स्थितिबाट मुक्ति दिलाउन सरकारसँग माग गरे।

 

बाघले मानिसको ज्यान लिने घटना बारम्बार दोहोरिइरहेको छ। सुरक्षाको प्रत्याभूति दिन सरकार गम्भीरतापूर्वक लाग्नुपर्छ,” सांसद गौतमले भने।

उनले बाघको आक्रमणमा परेर ज्यान गुमाएका स्थानीयबारे विवरण सुनाउँदै पीडित परिवारको पीडा सरकारसमक्ष प्रस्तुत गरे। “गत महिनामात्र बाघको आक्रमणमा दुई जनाको ज्यान गयो। जनताको सुरक्षा प्राथमिक जिम्मेवारी हो। वन्यजन्तु व्यवस्थापन र क्षतिपूर्ति प्रणाली प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्छ,” उनले जोड दिए।

सांसद गौतमले वन्यजन्तु सुरक्षाका लागि टेक्नोलोजीको प्रयोग, गोठालो, कृषक र सर्वसाधारणलाई सचेत गराउने अभियान, तथा प्रभावित क्षेत्रमा उचित बार लगाउने व्यवस्था मिलाउनुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update