नेभिगेशन
समाचार

डिजिटल वित्तीय कारोबार महँगो भयो, यसमा नीति कार्यक्रमले बोलेन : प्रतिमा गौतम

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम औसत रहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले निजी क्षेत्र र युवाहरूलाई मनपर्ने शब्दहरू राखिएको र थप गर्नपर्ने र सुधार गर्नुपर्ने कुराहरू धेरै रहेको बताइन् ।  

कार्यान्वयनका लागि आउने बजेटले सरकारको प्रभावकारितलाई देखाउने उनले बताइन् । सूचना प्रविधिमा आधारित वित्तीय कारोबालाई बढावा दिने भने पनि करको कारण महँगो हुने गरेको उनले बताइन् । ‘डिजिटल वित्तीय कारोबारमा लगाइएको करले कारोबार महँगो भएको विषयमा यसले बोलेको छैन । हामीले जनतालाई सेवा प्रवाह गर्ने हो । तर यसबाट ब्यापार भइरहेको छ । १० रुपैयाको कारोबार गर्न ११ रुपैया ३० पैसा लाग्छ,’ उनले भनिन् । 

वित्तीय कोषहरू व्यवस्थित नभएको अवस्थामा वित्त व्यवस्थापन कोषको परिकल्पना भएको उनले बताइन् । नीति तथा कार्यक्रममा शिक्षा र रोजगारीलाई प्राथमिकता दिएको भए पनि मानवीय पुँजी निर्माणको लागि चाहिने शिक्षा प्रणाली, स्वास्थ्य सेवा प्रवाह, उत्पादकत्व वृद्धिका लागि सहयोग हुने प्रविधि नआएको गौतमले बनाइन् । 

विदेशमा गएर प्राविधिक सीप नभएन हुनुपर्ने आम्दानी गर्न नसकेको अवस्थामा देखिएको उनले बताइन् । प्राविधिक शिक्षा नीति तथा कार्यक्रममा जोडिएर आउनुपर्ने उनले बताइन् । स्रोतको व्यवस्थापनमा ध्यान पुर्‍याउन जरुरी रहेको गौतमले बताइन् । 

एक घर एक धाराको रटान सधैं लगाउने भए पनि त्यसका लागि आवश्यक तयारी नदेखिएको उनले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update