शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एकताको महाधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
शनिबार र आइतबार काठमाडौंको हायात रिजेन्सीमा आयोजित महाधिवेशन नयाँ नेतृत्व चयन गरेको छ ।
संघको उपाध्यक्षमा खगेन्द्र दाहाल, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु (तगेला) र बुद्धिसागर सुवेदी चयन भएका छन् ।
केसी नेतृत्वको कार्यसमितिलाई पनि सर्वोच्चकै अर्को इजलासले कामकाज अघि बढाउन नरोक्नू भन्ने अन्तरिम आदेश दिएको थियो ।
यसपटक केसीसँग पराजित आरके शर्मा र महेश श्रेष्ठ घले नेतृत्वको महाधिवेशनमा सहभागी भएका थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाधिवेशन उद्घाटन गर्दै मन्त्रालयले मान्यता दिने एनआरएनए यही हुने बताएकी थिइन् ।
यसैगरी एसिया प्रशान्त क्षेत्रीय संयोजकमा डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजकमा प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली र ओसेनिया क्षेत्रीय संयोजकमा इर्सद अहमद चयन भएका छन् । अफ्रिका क्षेत्रीय संयोजकमा भने उम्मेदवारी नपरेको उल्लेख छ ।
यस्तै एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा रामप्रसाद खरेल र लोकेन्द्र ओली, युरोप क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र भीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई निर्वाचित भएका छन् भने उत्तर–दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा शिवराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री चयन भएका छन् ।