नेभिगेशन
समाचार

गृह मन्त्री र भाजपा बिदेश प्रमुख बिच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो लेखक र चौथाइवाले बिचमा भेटवार्ता भएको हो । 

 

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेस केन्द्रित दलका नेतासँग भेटवार्ता गर्ने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update