प्रधानमन्त्री समक्ष बजेट र नीतिकार्यक्रमका लागि सुझाव पेश
काठमाडौं, बैशाख ३— नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नका लागि केन्द्रीय विभागहरूको सुझावहरु प्रस्तुत गरिएको छ। पार्टीको तर्फबाट ती सुझावहरू आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री समक्ष पेश गरिएको हो।
पार्टी महासचिव कमरेड शंकर पोखरेल तथा नेताहरूको उपस्थितिमा सुझावहरू प्रस्तुत गरिए। प्रस्तुत सुझावहरूमा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
महासचिवले देशको वर्तमान आर्थिक अवस्था, जनताको अपेक्षा तथा सम्भावनालाई ध्यानमा राखी नीति तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।