नेभिगेशन
समाचार

सडक दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत मानपुर नजिकै आज दिउँसो भएको एक दर्दनाक सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षक टोपबहादुर बस्नेतको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत बस्नेत सवार मोटरसाइकल एक ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो। गम्भीर घाइते भएका बस्नेतलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी सेवा निर्वाह गरिरहेका बस्नेतको असामयिक निधनले सुरक्षाकर्मी समुदाय शोकमा डुबेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update