नेभिगेशन
समाचार

आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ।  चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो ।

यस ६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जाेशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनाेज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो। 

त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। नेविसंघकै असन्तुष्ट पक्ष कार्की समूहले अदालतमा आफ्नो उम्मेदवारी खारेज गरिएकोविरूद्धमा रिट हालेका थिए । उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । जसले गर्दा ८ गतेको निर्वाचन समेत अनिश्चित बनेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज बुद्ध जयन्ती मनाइँदै

आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख...
Weather Update