नेभिगेशन
समाचार

तीनकुनेमा दुर्गा प्रसाईंसँगै गाडीमा हिँड्ने भण्डारी पक्राउ

काठमाडौं तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन्।

शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंनिकट महेन्द्रराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रवक्त एसपी अपिलराज बोहराले जानकारी दिए।

 भण्डारीलाई बालाजुबाट पक्राउ गरेको उनले बताए।

'प्रसाईंका सहयोगी हुन्, शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाईंसँगै गाडीमा हिँडेका थिए,' एसपी बोहोराले भने।

दुर्गा प्रसाईं भने फरार छन्। उनको खोजी भइरहेको पनि एसपी बोहराले जानकारी दिए।

प्रसाईंका अर्का निकटस्थ धर्मगुरू पुस्कर खतिवडा पनि शनिबार नै पक्राउ परेका थिए। उनलाई ललितपुर प्रहरी परिसरको टोलीले उनकै घरबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज बुद्ध जयन्ती मनाइँदै

आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख...
Weather Update