नेभिगेशन
समाचार

भागेर धर्मगुरू पुस्कर खतिवडाको घर पुगेका थिए दुर्गा प्रसाईं,

काठमाडौं तीनकुने हिंसात्मक प्रदर्शन: कमाण्डर दुर्गा प्रसाईं अझै फरार

काठमाडौं, शुक्रबार - काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ। विभिन्न प्रहरी युनिट परिचालित गरिए पनि उनी हालसम्म फेला परेका छैनन्।

प्राप्त जानकारी अनुसार, प्रदर्शनस्थलबाट भाग्नु अघि प्रसाईं धर्मगुरु पुस्कर खतिवडासँगै थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, उनीहरू तीनकुनेबाट सँगै निस्किएका थिए। त्यसपछि इमाडोलस्थित घरमा केहीबेर बिताएपछि प्रसाईं त्यहाँबाट पनि फरार भएका हुन्।


प्रहरी स्रोतका अनुसार, प्रसाईं र खतिवडा इमाडोलमा पुगेका थिए। ‘दुबै जना सँगै इमाडोल आएका रहेछन्। केहीबेरमा निस्किएको भन्ने छ,’ एसएसपी अधिकारीले भने, ‘उनीहरूले एउटा स्याउ र केरा खाएर निस्किएको खुलेको छ।’

हाल प्रहरी प्रसाईंको खोजी कार्यलाई तीव्र पार्दै विभिन्न सम्भावित स्थानमा निगरानी गरिरहेको छ। उनको मोबाइल फोन अहिले अफ छ, जसको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो।

सामाजिक सञ्जालमा लेखे, तर सम्पर्कबिहीन

प्रसाईंले केही समय अघि सामाजिक सञ्जालमा आफूलाई जहाँ बोलाए पनि हाजिर हुन तयार रहेको बताएका थिए। तर अहिले उनी सम्पर्कविहीन छन्।

यसैबीच, तीनकुनेमा भएको राजावादी आन्दोलनमा संलग्न नेताहरूलाई प्रहरीले पक्राउ गर्ने क्रम जारी राखेको छ। अहिलेसम्म रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरिसकिएको छ। प्रहरी स्रोतका अनुसार उनीहरूमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

तीनकुने घटनाको अनुसन्धान जारी रहेको र दोषीहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज बुद्ध जयन्ती मनाइँदै

आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख...
Weather Update