नेभिगेशन
प्रदेश

सहकारीमा रकम बचतको ग्यारेन्टी आजको आवश्यकता हो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभपति देउवाले यस्तो बताएका हुन् ।

उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताए । उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौं रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा वचत कर्ताहरु पीडित भएको बताए । सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको बताए । उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

सभापति देउवाले भने,’वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध छ । आम नागरिकहरुले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ वचत कर्ताहरु सहकारी पीडित भएका छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update