काठमाण्डू,१८ माघ–पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।गत असोजमा २३औं राष्ट्रिय सम्मेलन सकिए पनि उमेर हद लगाउने कि नलगाउने भन्ने विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन सकेको थिएन ।
उमेर हदको टुंगो निर्वाचनमार्फत नै लगाएपछि निर्वाचनमार्फत नै क्रान्तिकारीको नेतृत्व चयन गरिएको हो । अध्यक्षमा विश्वप्रकाश सापकोटा निर्वचित भए ।सापकोटा माओवादी उपमहासचिव शक्ति बस्नेत समर्थित हुन् । बस्नेतले क्रान्तिकारीमा आफ्ना उम्मेदवार खडा गरेपछि माओवादीमा उनको छुट्टै गुटको उदय भएको चर्चा चलेको छ ।
तर, बस्नेत आफूले गुट नबनाएको दाबी गर्छन् । यतिबेला गुट निर्माण नभई अस्तित्वमा रहेका गुटहरुको समाप्ती जरुरी रहेको उनले बताएका थिए ।