नेभिगेशन
राजनीति

कुशेमा विभिन्न दल परित्याग गरी २३ जना कांग्रेसमा प्रवेश

कुशे गाउँपालिकामा आयोजित एक कार्यक्रममार्फत विभिन्न राजनीतिक दल परित्याग गरी २३ जना Nepali Congress मा प्रवेश गरेका छन्।

शुक्रवार गाउँपालिका–३ मा सम्पन्न कार्यक्रममा तत्कालीन जनयुद्धका क्रममा हात गुमाएका कैलाश प्रसाद शर्मा लगायतले पार्टी सदस्यता लिएको जनाइएको छ। त्यस्तै, Rastriya Swatantra Party (रास्वपा) कुशे गाउँपालिका–४ का कार्यसमिति सचिव परमेश्वर सिंहले पनि आफ्नो दल परित्याग गरी कांग्रेस रोजेको जानकारी दिइएको छ।

कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका सभापति वेदराज सिङ, कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत तथा जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update