नेभिगेशन
राजनीति

"नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परामर्श कार्यक्रम सुर्खेतमा भव्य उपस्थिति सहित सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन सम्बन्धी परामर्श कार्यक्रम आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि जाजरकोटका पूर्व सांसद र पूर्व मन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु जाजरकोटका समानुपातिक उम्मेदवार कृष्ण बहादुर बुढा, रामदेव आचार्य लगायत भातृ संगठनका नेताहरु, विद्यार्थी नेता र जाजरकोटका युवाहरुको समेत उपस्थिति रहेको थियो।


कार्यक्रमको दौरान सहभागीहरुले आगामी निर्वाचनका लागि पार्टीको दृष्टिकोण र रणनीतिहरुबारे विचार व्यक्त गरेका थिए। यस कार्यक्रमले कर्णाली प्रदेशका नागरिकहरुलाई चुनावको महत्व र राजनीतिक भागीदारीको सम्बन्धमा जागरूकता फैलाउन महत्वपूर्ण योगदान पुर्याएको छ।

नेपाली कम्युनिष्ट पार्टीका  नेता शक्तिबहादुर बस्नेतले जाजरकोटको समृद्धिका लागि गरेका विकास कार्यहरूको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीको जीत सुनिश्चित हुने बताएका छन्। उनले भने, "मैले जाजरकोटको विकासका लागि धेरै मेहनत गरेको हुँ, तर त्यहाँका अन्य पार्टीका नेताले हामीबारे नकारात्मक प्रचार गर्दै चुनावमा प्रभाव पार्ने कोसिस गरेका छन्।"

नेता बस्नेतले आफ्नो धारणा प्रकट गर्दै भने, "हामीले गरेका कामका कारण जाजरकोटको आधार द्रढ बनिसकेको छ, र अब काम गर्ने समय आएको छ। यदि हामीलाई आगामी चुनावमा अवसर मिल्छ भने, जाजरकोटको विकासको गति अझ तीव्र हुनेछ र यो प्रदेश समृद्धिको नयाँ शिखरमा पुग्नेछ।"

उनले पार्टीका सबै कार्यकर्ताहरूसँग आगामी चुनावमा एकता र दृढ संकल्पका साथ अघि बढ्न आह्वान गर्दै भने, "हामीले जनताको विश्वास जितेर विकासका हरेक पाटोमा एक-एक कदम अघि बढ्नेछौं।"

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update