नेभिगेशन
राजनीति

सुर्खेत–२ बाट रा स्व पाका उम्मेदवार रमेश कुमार सापकोटा

सुर्खेत क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) बाट उम्मेदवारी दिएका रमेश कुमार सापकोटाले आफ्नो राजनीतिक यात्राको मूल आधार संघर्ष, श्रम र भोगाइ भएको बताएका छन्। आफू कुनै राजनीतिक वंश वा शक्ति केन्द्रबाट नभई यहीँको माटोमा पसिना बगाउँदै हुर्किएको साधारण नागरिक भएको उनको भनाइ छ।


जीवनका कठिन चरणहरू पार गर्दै आएका सापकोटाले अभाव र चुनौतीकै बीच समाजका पीडा, समस्या र अन्यायलाई नजिकबाट महसुस गर्ने अवसर पाएको उल्लेख गरेका छन्। त्यही अनुभवले आफूलाई बेथिति, विभेद र सिन्डिकेटविरुद्ध निरन्तर बोल्न प्रेरित गरेको उनको दाबी छ। “मैले समस्या किताबमा होइन, आफ्नै जीवनमा देखेँ,” भन्दै उनले जनताको यथार्थ बुझ्ने प्रतिनिधि आवश्यक रहेको धारणा राखे।


सुर्खेतलाई जन्मिएको थलो मात्र नभई कर्म गर्ने भूमि मानेका सापकोटाले चुनावी नाराभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार राजनीति भाषण र आश्वासनको खेल नभई नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने निर्णय गर्ने थलो हो। त्यसैले समाधान खोज्दा भोगाइ र व्यवहारिक अनुभवलाई आधार बनाउने उनको भनाइ छ।
उनले राजनीतिलाई नाफा–घाटा हेर्ने कारोबार नभई सेवाको उच्च माध्यमको रूपमा बुझ्नुपर्ने बताए। विशेषतः जेन–जी पुस्ताले खोजेको परिवर्तन, पारदर्शिता र जवाफदेही शासन आजको आवश्यकता भएको उल्लेख गर्दै सापकोटाले यही अपेक्षा पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएको स्पष्ट पारे।


इमानदार नेतृत्व, नागरिकमैत्री सेवा र समग्र सामाजिक रूपान्तरणलाई आफ्नो मूल एजेन्डा बनाएका सापकोटाले सुर्खेत–२ बाट नयाँ राजनीतिक अभ्यास सुरु गर्ने लक्ष्य लिएका छन्। स्थापित शैलीभन्दा फरक, जनतासँगै उभिने राजनीति गर्ने दाबी गर्दै उनले सुर्खेतको भविष्य बदल्ने यात्रामा साथ, विश्वास र सहभागिताका लागि सम्पूर्ण मतदातासँग अपिल गरेका 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update