नेभिगेशन
राजनीति

कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ।
पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथि गहन छलफल जारी रहेकाले कार्यक्रम आजसम्म लम्बिएको हो।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुनेछ। उनले महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पनि निरन्तर जारी रहेको जानकारी दिए।
बन्दसत्रमा कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेका राजनीतिक, सांगठनिक तथा नीतिगत प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राखिरहेका छन्। छलफलबाट नीतिगत निर्णय टुंगिएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने तयारी रहेको सचिवालयले जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ। बाँकी प्रतिनिधिहरूको दर्ता प्रक्रिया बन्दसत्रसँगै अगाडि बढाइने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update