नेभिगेशन
राजनीति

उज्यालो नेपालद्वारा भोलि केन्द्रीय कार्यालय उद्घाटन, जनस्वराज पार्टीसँग चुनावी एकता

ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न राजनीतिक दल उज्यालो नेपाल ले भोलि (बिहीबार)देखि आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको छ। त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन ऊर्जामन्त्री घिसिङकै प्रमुख आतिथ्यतामा हुने पार्टीले जनाएको छ।

पार्टीले केन्द्रीय कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ। ‘उज्यालो घर’को औपचारिक उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरु हुने जनाइएको छ।

 

यसैबीच, उज्यालो नेपालले आज (बुधबार) जनस्वराज पार्टीसँग चुनावी एकता गर्ने निर्णय गरेको छ। जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग उज्यालो नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै सहकार्य गरेको हो।

पार्टी नेतृत्वले चुनावी एकताले वैकल्पिक राजनीति र जनमुखी एजेन्डालाई बल पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update