नेभिगेशन
समाचार

चिकित्सकमाथि दु"र्व्यवहार गर्ने वडाध्यक्षलाई कार"बाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले आफ्ना केन्द्रीय सदस्य तथा आजीवन सदस्य डा. किशोर खत्रीमाथि भएको दुर्व्यवहारप्रति घोर भत्सर्ना गरेको छ। संघले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा चिकित्सकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।


संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०८२ साल पुस ७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मान बहादुर रावतले डा. खत्रीमाथि गालीगलौज, दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिएका थिए।
कार्यस्थलमै इमानदार र जिम्मेवार चिकित्सकमाथि भएको यस्तो अपमानजनक तथा आपराधिक कार्यप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

संघका अनुसार यस्ता अमानवीय घटनाले चिकित्सकहरूको आत्मसम्मानमा गम्भीर चोट पुग्नुका साथै समग्र स्वास्थ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पार्ने गर्दछ।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा कुनै सम्झौता नगर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गरिएको छ। संघले भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कानुनी व्यवस्था तथा प्रभावकारी कार्यान्वयनको माग समेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update