नेभिगेशन
राजनीति

कर्णाली प्रदेश कार्यसमितिसँग हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारको छलफल

हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले कर्णाली प्रदेश कार्यसमितिसँग संगठन विस्तार तथा आगामी कार्ययोजनाबारे छलफल गरेका छन्। कर्णाली प्रदेशको पार्टी कार्यालयमा सम्पन्न छलफलमा कर्णाली प्रदेशका सभापति मोहन सुनार, केन्द्रीय सदस्य भुपेन्द्र विक (वि.क.) लगायतका नेताहरूको सहभागिता रहेको थियो।
छलफलमा कर्णाली प्रदेशमा हाम्रो पार्टी नेपालको जिल्ला कार्यसमिति गठन प्रक्रिया, संरचना र कार्यविधिबारे विस्तृत रूपमा समीक्षा गरिएको थियो। विशेष गरी संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।
कर्णाली प्रदेशका सभापति मोहन सुनारका अनुसार हाम्रो पार्टी नेपालले छिट्टै कर्णाली प्रदेशका सबै १० जिल्लाका प्रत्येक स्थानीय तहमा कार्यसमिति गठन गर्ने तयारी गरेको छ। यसले पार्टीको संगठनात्मक आधार मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा सभापति खगेन्द्र सुनार पहिलोपटक हाम्रो पार्टी नेपालको कर्णाली प्रदेश कार्यालयमा पुगेका थिए। उनको आगमनमा कर्णाली प्रदेशका सभापति मोहन सुनारसहित पार्टीका नेताहरूले भव्य स्वागत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update