नेभिगेशन
राजनीति

कर्णालीमा ‘हाम्रो पार्टी नेपाल’को घरदैलो अभियान : आत्मसम्मानको एजेण्डामा जनसमर्थन बढ्दो

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल ले कर्णाली प्रदेशमा घरदैलो अभियानलाई तीव्र बनाएको छ । पार्टीका कर्णाली प्रदेश संयोजक मोहन सुनारको नेतृत्वमा सुरु गरिएको अभियानमा गाउँ–गाउँ पुगेर नागरिकका दुःख–सुख, चाहना र अपेक्षा बुझ्ने काम भइरहेको छ ।

घरदैलो क्रममा युवादेखि बाआमासम्मसँग प्रत्यक्ष संवाद गर्दै आत्मसम्मान, रोजगारी, सुशासन र जनजीवनसँग जोडिएका मुद्दामा पार्टीको धारणा प्रस्तुत गरिएको छ । प्रदेश संयोजक सुनारका अनुसार, “आत्मसम्मानको मूल एजेण्डा बोकेर हामी जनताको घरदैलोमा पुग्दा, धेरैले यही एजेण्डा आफ्नो आवाज भएको भन्दै साथ र समर्थन जनाएका छन् । युवाको उत्साह र बाआमाको आशिर्वादले हाम्रो अभियानलाई थप बलियो बनाएको छ ।”

अन्य राजनीतिक दलहरू महाधिवेशन र एकताको अभियानमा व्यस्त देखिएका बेला हाम्रो पार्टी नेपाल भने जनताको घरआँगनमै पुगेर उनीहरूको वास्तविक अवस्था बुझ्न केन्द्रित भएको छ । पार्टीले घरदैलो अभियानमार्फत जनताको भरोसा जित्दै कर्णालीको विकास र समृद्धिका लागि साझा एजेण्डा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।

जनतासँग प्रत्यक्ष जोडिने यो अभियानले कर्णालीमा नयाँ राजनीतिक आशा र सकारात्मक सन्देश फैलाएको पार्टीको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update