नेभिगेशन
समाचार

आ,गजनी"पीडित व्यवसायीलाई कञ्चनपुर उद्योग वाणिज्य संघको आर्थिक सहयोग

जेनजी आन्दोलनका क्रममा व्यापार व्यवसायमा भएको आग"जनीबाट पीडित व्यवसायीहरुलाई कञ्चनपुर उद्योग वाणिज्य संघले आर्थिक सहयोग प्रदान गरेको छ। संघले गत २४ भदौमा आन्दोलनका क्रममा आ"गजनीबाट क्षति बेहोरेका पाँच व्यवसायीलाई नगद सहयोग उपलब्ध गराएको हो।

आन्दोलनकारीले राजनीतिक दलका नेताहरुको घरमा आ"गजनी गर्ने क्रममा आसपासका केही व्यवसायिक प्रतिष्ठानमा समेत आग"लागी हुँदा व्यवसायीहरू पीडित बनेका थिए। संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टका अनुसार आ"गजनीपीडित पाँच व्यवसायीलाई जनही २५ हजार रुपैयाँका दरले सहयोग गरिएको हो। सहयोग पाउनेमा न्यू रोयल टेलरिङ ब्राण्ड, गल्स ब्यूटी होम, श्रीराम होजियार उद्योग, मेलौली होजियार उद्योग र रत्नमणी ट्रेडर्स रहेका छन्।

संघका अध्यक्ष पिताम्बर जोशीले उद्योगी तथा व्यवसायीले भोग्नुपरेको पीडामा मलम लगाउने उद्देश्यले संघको तर्फबाट सक्दो सहयोग गरिएको बताए। भविष्यमा पनि व्यवसायीको हकहित र सुरक्षाका लागि संघ निरन्तर सक्रिय रहने उनको भनाइ छ।

यसैबीच कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यसमितिका लागि आगामी १९ पुसमा निर्वाचन हुने भएको छ। संघका महासचिव खगेश्वर बोहराका अनुसार १ पुसमा निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। उक्त निर्वाचनमा २ हजार १ सय २१ जना व्यवसायी मतदाताले मतदान गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update