नेभिगेशन
राजनीति

जेन–जी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रियामा

जेन–जी पुस्ताकी युवा नेतृ किशोरी कार्कीको नेतृत्वमा नवनिर्माण पार्टी गठनको प्रक्रिया तीव्र बनेको छ। कार्कीको नेतृत्वमा बनेको यस नयाँ राजनीतिक समूहले दल दर्ताका लागि कात्तिक २७ गते निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दिएको आयोगले जनाएको छ।

हालसम्म नवनिर्माण पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गर्न बाँकी छ। आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि मात्र प्रमाणपत्र प्रदान गरिनेछ।

यससँगै देशमा नयाँ राजनीतिक दल दर्ताको संख्या थपिने देखिएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म २८ वटा नयाँ दल दर्ता प्रक्रिया अघि बढिरहेका छन्। यीमध्ये ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थनमा गठन गरिएको उज्यालो नेपाल पार्टी र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टी समेत दर्ता प्रक्रियामा रहेका छन्।

नवनिर्माण पार्टी दर्ता प्रक्रियामा गएसँगै युवा पुस्ताको राजनीतिक सहभागिता र नेतृत्व उदय हुँदै गएको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update