नेभिगेशन
समाचार

जुम्लामा मोटरसाइकल दुर्घटना : एक जनाको मृ,त्यु, एक घाइते

जुम्लामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय जुम्लाका अनुसार पातारासी गाउँपालिका–३ हुरीका जनबहादुर बुढाको दुर्घटनामा परि मृत्यु भएको हो।

बिहीबार बेलुकी चन्दननाथ–६ स्थित यातायात कार्यालय नजिकै पार्किङ गरिएको ट्र्याक्टरमा मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो। ट्राफिक प्रहरी हवलदार झलक गिरीका अनुसार भे ७ प २२२२ नम्बरको मोटरसाइकल भे १ त १८६८ नम्बरको ट्र्याक्टरमा ठोकिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते रहेका छन् र उनको उपचार भइरहेको छ।

दुर्घटनालगत्तै प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको ट्राफिक प्रहरी हवलदार गिरीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update