नेभिगेशन
समाचार

ठाकुरबाबामा गोली काण्ड : सामाजिक अभियन्ता रमेश तिमिल्सिना घाइते

ठाकुरबाबा नगरपालिका वड़ा नं. ३ मा कालगती ले निधन भएको घर मा कुरुवा वस्न गएको  वेला विवादका क्रममा गोली चलेको छ 
इ.प्र.का. बगनाहा भुरिगाउँ बर्दियाका अनुसार मिति २०८२ कार्तिक २३ गते राति करिब ११:१५ बजे  कुरुवा बस्न गएका भुरिगाउँ निवासी ३८ वर्षीय रमेश प्रसाद तिमिल्सिनामाथि गिदरपुर बस्ने २५ वर्षीय तर्क भण्डारी, आकाश शाह , छत्र कार्की , सुरेश कुर्मी ( नेपालगंज),प्रकाश सावद , अजय चन्द , नाम नखुलेको छत्र कार्की को भिनाजु लगायत १०–१५ जनाको समूहले बाटो घेरेर खुकुरी , रड प्रहार गरी चार राउन्ड गोली समेत चलाए का छन गोली हानेर मार्ने उद्देश्य का साथ गोली चलाउदा पेस्तोल छेक्ने क्रम मा घाईते को हात को पन्जा मा गोली लागेको छ ।


कुटपिटका क्रममा तिमिल्सिनाको टाउको, दुबै घुँडा, दायाँ हातको पञ्जा र बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारका लागि उनलाई नगर अस्पताल भुरिगाउँ लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको स्रोतले जनाएको छ ।
थप जानकारी अनुसार कार्तिक २४ गते बिहान १:३० बजे, तिमिल्सिनालाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा राखी उपचार भइरहेको र उनको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरी टोलीले घटना संग सम्बन्धित व्यक्तिहरूमध्ये एक जना ठाकुरबाबा नगरपालिका ४ का २० वर्षीय प्रकाश साउदलाई कार्तिक २४ गते बिहान ३:१० बजे निजकै घर बाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया ल्याएको जनाएको छ ।


यसरी घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले बताएको छ ।घाईते तिमिल्सिना सामाजिक सन्जाल मार्फत स्थानी तह मा हुने अनिमियता , भ्रष्टाचार का विरुद्ध निरन्तर आवाज उठाउदै आउनु भएको थियो । यो घटना स्थानीय जनप्रतिनिधि हरु माथी पनी शंका गर्ने धेरै आधारहरु छन यो घटना लाई निष्पक्ष छानविन गर्ने हो भने धेरै भित्री रहस्य बाहिर आउने देखिन्छ । विगत का घटना केलाउने हो भने यो समुह मा रहेका व्यक्तिहरु विभिन्न अपराधिक घटना मा संलग्न भएका रेकर्ड हरु प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मा थुप्रै छन । विगत देखि यस्ता गलत क्रियाकलाप गर्ने समुह लाई विभिन्न राजनितिक दल का नेताहरु को संरक्षण रहेको देखिन्छ र उनिहरु कै रोहबर मा छुट्ने गरेको देखिन्छ । सामान्य विवाद को क्रम मा गोली चल्नु भनेको सामान्य विषय होईन यति वेला बर्दिया जिल्ला मा आम नागरिक ले असुरक्षा महशुस गरिरहेका छन ।

आगामी दिनहरु मा समाजमा शान्तीसुरक्षा कायम गर्ने हो भने यस्ता अपराधिक क्रियाकलाप मा संलग्न लाई कानुन बमोजिम कड़ा भन्दा कड़ा सजाय गर्नु पर्ने स्थानीयले को माग गरेका छन्।

स्रोत: राजिप देवकोटा जैसी बर्दिया 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update