नेभिगेशन
बजार अर्थतन्त्र

शेयरबजार लगातार घट्यो, नेप्से २५६० अंकमा ओर्लियो

सोमबार पनि शेयरबजारमा गिरावट आएको छ। अघिल्लो दिन ३० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक आज ५.८० अंकले घट्दै २,५६०.२९ अंकमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज दोस्रो बजारमा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम ४ अर्ब ५६ करोड १० लाख रुपैयाँ थियो।

आज होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी १० वटा उपसूचक ऋणात्मक रहेको छ। ९१ कम्पनीको शेयर मूल्य बढेको, १५१ कम्पनीको घटेको र ११ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।

आज दरमखोला हाइड्रोपावर, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ।

समाचारदाता लोकेश बिक्रम शाही 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update