नेभिगेशन
राजनीति

जनार्दन शर्माको नयाँ अभियान घोषणा : ‘प्रचण्डले माधव नेपालसामु आत्मसमर्पण गरे, विचारविहीन एकता दुर्घटनामा पर्छ’

नेकपा (माओवादी केन्द्र) बाट अलग भएका नेता जनार्दन शर्माले नयाँ राजनीतिक अभियान घोषणा गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको दशकौँ लामो राजनीतिक यात्रा टुंगिएको घोषणा गरे।

शर्माले माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) लगायत सात दलसँग गरेको एकता निर्णयप्रति कडा आपत्ति जनाउँदै उक्त एकतालाई “विचारविहीन” र “दुर्घटनाग्रस्त” बताउँदै नयाँ अभियान सुरु गरेको घोषणा गरे।

उनका साथमा नेता राम कार्की पनि उपस्थित थिए।

शर्माले भने, “हाम्रो विरोध संख्या वा बहुमतको आधारमा होइन, पार्टीभित्र नीति, विधि र सिद्धान्तको सम्मानका लागि हो।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update