नेभिगेशन
समाचार

देशभरका विमानस्थलमा टेलिकमको निःशुल्क वाइफाई सेवा सुरु

नेपाल टेलिकमले देशभरका सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मङ्गलबारदेखि यो सेवा सुरु गरेको हो।

सो अभियानअन्तर्गत पहिलो चरणमा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा निःशुल्क वाइफाई सुविधा प्रारम्भ गरिएको छ। यो सुविधा विमानस्थलको आगमन कक्ष, प्रस्थान कक्ष, विशिष्ट कक्ष (VIP Lounge) तथा प्रतीक्षालयलगायतका क्षेत्रमा उपलब्ध छ।

सेवा सञ्चालनका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार टेलिकमले देशभर सञ्चालनमा रहेका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल र ३४ वटा आन्तरिक विमानस्थलमा यात्रु लक्षित निःशुल्क इन्टरनेट सेवा क्रमशः विस्तार गर्दै लैजानेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update