नेभिगेशन
राजनीति

एमालेको केन्द्रीय कार्यालयमा आज भेटघाट तथा चियापान कार्यक्रम, अध्यक्ष ओलीको उपस्थितिमा

नेकपा (एमाले)ले आज विशेष भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्दैछ। पार्टीकी केन्द्रीय सदस्य गीता कार्कीका अनुसार कार्यक्रम शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा हुनेछ।

एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा हुने उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। कार्यक्रममा पार्टीका वरिष्ठ नेतासहित विभिन्न तहका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

चियापान कार्यक्रम मार्फत पार्टीले दशैं–तिहार तथा छठ पर्वका अवसरमा कार्यकर्ता र समर्थकहरूबीच आपसी भेटघाट र शुभकामना आदानप्रदान गर्ने उद्देश्य राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update