नेभिगेशन
समाचार

कुसे गाउँपालिका अध्यक्षमाथि आक्रमण, बचाउन जाने दुई युवा घाइते

FB_IMG_1759073246299-1759073952.jpg
सुर्खेततर्फ जाँदै गरेका कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुका छेडागाड नगरपालिका–५, चखेलीमा साङ्घातिक आक्रमण भएको छ।

अध्यक्ष बस्नेतमाथि आक्रमण हुँदा उनलाई जोगाउन पुगेका नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते भएका छन्। घाइते दुबैजनालाई तत्काल उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

अध्यक्ष बस्नेत भने सामान्य अवस्थामा छन् र उनलाई गम्भीर चोटपटक लागेको छैन। आक्रमणमा संलग्नको पहिचान भइसकेको भए पनि अनुसन्धान प्रभावित नहोस् भन्ने कारण देखाउँदै प्रहरीले नाम सार्वजनिक गर्न चाहेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update