नेभिगेशन
समाचार

सल्यानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

सल्यानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। रूकुमबाट दाङतर्फ जाँदै गरेको लु–२–ख ६५०२ नम्बरको जीप सडकबाट करिब ३००–४०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको छ। यस्तै १ महिला र १ पुरुष गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि दाङ पठाइएको छ।

मृतक र घाइतेको परिचय र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

 स्रोत :     रेडियो समावेशी रुकुम 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update