नेभिगेशन
समाचार

सुर्खेतको रत्नराजमार्गमा सवारी दुर्घटना, १७ जना घाइते

सुर्खेतको वीरेन्द्रनगर–११, ठुलो ब्युरेनि नजिक रत्न राजमार्गमा आइतबार बिहान एक ई–भि गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ११२९ नम्बरको गाडी  अनियन्त्रित भएर सडक किनारमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।

घाइतेहरूमध्ये सात जनाको उपचार वीरेन्द्रनगरस्थित विभिन्न स्वास्थ्य संस्थामा र बाँकी १० जनाको उपचार देउती नर्सिङ होम अस्पतालमा भइरहेको छ।

दुर्घटनामा परेका घाइतेहरूमध्ये–

चालक, सुर्खेत बराहताल–४ का ३८ वर्षीय हरी मल्ल, कम्मरमा चोट, अवस्था मध्यम।

जुम्ला चन्दननाथ–१ का १८ वर्षीय दिपेन्द्र दमाई, बाँया हातमा चोट, अवस्था सामान्य।

जुम्ला सिंजा–५ का २८ वर्षीय महेन्द्र शाही, बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

सुर्खेत वीरेन्द्रनगर–३ का ३८ वर्षीय लालबहादुर शाही, बाँया गालामा चोट, अवस्था सामान्य।

२७ वर्षीया लक्ष्मी कठायत, बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही, नाकमा चोट, अवस्था सामान्य।

लेकबेशी–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, बाँया कुँधामा चोट, अवस्था सामान्य।

दैलेख दुल्लु–६ का २३ वर्षीय शम्सेर खड्का, बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।


देउती नर्सिङ होम अस्पतालमा उपचाररत घाइतेहरूः

दैलेख दुल्लु–११ का ३० वर्षीय लक्ष्मण कार्की, टाउकोमा चोट, अवस्था सामान्य।

जुम्ला सिंजा–३ की २४ वर्षीया राज्य लक्ष्मी हमाल, दुवै हातखुट्टामा सामान्य चोट।

दैलेख दुल्लु–१० का २६ वर्षीय गणेश योगी, दुवै हातमा चोट, अवस्था सामान्य।

कालिकोट पचालझरना–३ का २२ वर्षीय रोशन बि.क., घाँटीमा चोट, अवस्था सामान्य।

जुम्ला सिंजा–४ का २२ वर्षीय ऐन रोकाया, छातीमा चोट, अवस्था सामान्य।

१६ वर्षीया रक्षा धिताल, दुवै हातमा चोट, अवस्था सामान्य।

२२ वर्षीया बिष्णु शाही, टाउको, हात र खुट्टामा चोट, अवस्था सामान्य।

मुगु सोरु–९ का ३२ वर्षीय दिनेश शाही, छाती र टाउकोमा चोट, अवस्था सामान्य।

जुम्ला चन्दननाथ–१ का २१ वर्षीय श्री परियार, कम्मर र हातमा चोट, अवस्था सामान्य।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update