नेभिगेशन
समाचार

भारतीय प्रधानमन्त्री मोदीद्वारा सुशीला कार्कीलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। शनिबार बिहान ट्विटरमार्फत मोदीले नवनियुक्त प्रधानमन्त्रीलाई हार्दिक शुभकामना दिँदै नेपालका दाजुभाइ–दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहने उल्लेख गरेका छन्।

मोदीको अभिव्यक्ति नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनप्रति भारतले देखाएको सकारात्मक सन्देशका रूपमा लिइएको छ।
प्रधानमन्त्री कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी थिइन्। प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गते मध्यावधि चुनाव तोकिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update