नेभिगेशन
समाचार

अखिल नेपाल खेलकुद महासंघ कर्णालीको प्रथम सम्मेलन सम्पन्न, मोतिराम रम्तेल अध्यक्षमा निर्वाचित

अखिल नेपाल खेलकुद महासंघ, कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले मोतिराम रम्तेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ।

रम्तेल लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी Chuli Youth Club मा प्रशिक्षकको रूपमा कार्यरत छन्। खेलकुदको विकास र सशक्तिकरणमा समर्पित रम्तेलले आफ्नो नेतृत्वमा कर्णालीमा खेलकुदको नयाँ आयाम स्थापित हुने विश्वास व्यक्त गरिएको छ।

सोहि सम्मेलनमार्फत उपाध्यक्षमा जाजरकोटका प्रेम बहादुर बस्नेत, कालिकोटका भुपेन्द्र शाही र रुकुमका पवन शाही चयन भएका छन्। सचिवमा डोल्पाका अर्जुन रोकाया र सहसचिवमा जुम्लाका प्रेम बहादुर बस्नेत निर्वाचित भएका छन्।

नव–निर्वाचित समितिप्रति विभिन्न पक्षले शुभकामना व्यक्त गर्दै कर्णालीमा खेलकुदको स्तर उकास्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update