नेभिगेशन
समाचार

विद्यालयमा सुरक्षित र समावेशी वातावरण निर्माण गर्न बाँसगढी नगरपालिकाको पहल

बाँसगढी नगरपालिका शिक्षा क्षेत्रमा सुरक्षित, समावेशी र प्रभावकारी वातावरण बनाउन सक्रिय हुँदै गएको छ। यस उद्देश्यका लागि नगरपालिकाले माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नगर प्रमुख खडकबहादुर खड्काले विद्यालयलाई सबैको लागि सुरक्षित र समावेशी बनाउन शिक्षक, शिक्षिका र विद्यार्थीबीच सुमधुर सम्बन्ध अत्यावश्यक रहेको बताएका छन्। उनले विशेष गरी कमजोर र मेधावी विद्यार्थीबीच सहपाठी सहयोगात्मक समूह (ग्रुप) निर्माण गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार, विद्यार्थीलाई दाइ–भाइ र साथीजस्तो व्यवहार गर्दै मानसिक असर नपर्ने गरी समूहमा पढाइ सञ्चालन गरिनेछ। यसले सिकाइलाई सहज मात्र नभई विद्यार्थीको रुचिअनुसारको विकासमा सहयोग गर्ने विश्वास गरिएको छ।

नगरपालिकाको यो पहलले विद्यालयभित्र विद्यार्थीलाई आपसी सहयोग, समावेशी सहभागिता र सकारात्मक सम्बन्ध निर्माणमा टेवा पुर्‍याउने उद्देश्य लिएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update