नेभिगेशन
समाचार

पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले विभिन्न कार्यक्रम संचालनका लागि आवेदन आह्वान

कर्णाली प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न कार्यक्रमहरू संचालन गर्न आवेदन आह्वान गरेको छ।

कार्यालयले मिति २०८२/०८३ को बार्षिक स्विकृत कार्यक्रम अनुसार 
  पटक सूचना प्रकाशित गर्दै विभिन्न किसान समूह, सहकारी संस्था, कृषि फर्म तथा संघसंस्थालाई लक्षित गर्दै कार्यक्रमको प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

जिल्लाभरि पशुपालन तथा पशु सेवा प्रवर्द्धनका लागि तल उल्लेखित कार्यक्रमहरू संचालन गरिनेछ:

१. भेंडा/च्यांग्रा शिक्ष  श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम – बडामाल
 च्याङ्ग्रा केन्द्र स्थापना तथा विकास कार्यक्रम – 
कार्यक्रम सन्चालन स्थान :मुगुम कार्मारोङ गाउँपालिका मात्र 
आवश्यक न्युनतम सर्तहरू र लागत साझेदारी 
: कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम (सन्चालन तथा ब्यवस्थापन) कार्यविधि २०८१ 
बजेट १२५४
२ चौरी श्रोत केन्द्र स्थापना तथा विकास कार्यालय 
कार्यक्रम सन्चालन स्थान :मुगुम कार्मारोङ गाउँपालिका मात्र 
बजेट १५००
३. स्थानिय कुकुरा प्रवर्द्धन कार्यक्रम – जिल्ला भरी, बजेट रु हजार१७५ 
४. स्थानिय बाख्रा प्रवर्द्धन कार्यक्रम – जिल्लाभरि, बजेट:रु हजार ६०० 
५. कृषि यान्त्रीकरण कार्यक्रम – जिल्लाभरि, बजेट रु हजार ५०० हजार
६. गत विगतमा निर्माण भएका पोखरीमा माछाकान भुरा विस्तार  तथा ढुवानी कार्यक्रम – जिल्लाभरि, बजेट रु हजार: ५०० 
७. संगठित बजारमा दुध विक्री गर्ने कृषकलाई प्रति लिटर रु १० का दरले दुग्ध उत्पादन प्रोत्साहन  – जिल्लाभरि, बजेट रु हजार: २००
८. उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम (सङ्ख्याको आधारमा)
 कार्यक्रम – जिल्लाभरि, बजेट रु हजार: ५५५२ 
९. व्यवसायिक पशुपन्छी प्रवर्द्धन कार्यक्रम – जिल्लाभरि, बजेट रु  हजार: ७४५ 

साथै, प्रस्ताव पेश गर्दा कृषि तथा पशुपालनसम्बन्धी सहकारी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) को प्रमाणपत्र अनिवार्य गरिएको छ। प्रस्ताव पेश गर्न चाहने इच्छुक समूह/संस्था/सहकारीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

थप जानकारीको लागि कार्यालयको वेबसाइट (www.mugu.vethos.gov.np) वा ९८५८१८४३९०; ९८४८३०१२२मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

"व्यवसायिक र सिजनगत प्रवाह : विकास, समृद्धि र सुधार" – भन्ने नाराका साथ कार्यालयले यो सूचना सार्वजनिक गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update