नेभिगेशन
समाचार

सुर्खेत प्रहरीले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा १० जनालाई नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ मा सञ्चालनमा रहेका भूमिका रेस्टुरेन्ट एण्ड लज, आँगन होटल र सुरेश होटलबाट होटल सञ्चालकसहित विभिन्न स्थानका १० जना पक्राउ परेका हुन्।

नियन्त्रणमा परेकामध्ये दैलेख नौमुले गाउँपालिका–१ का ५२ वर्षीय भक्ति राम जैशी (भूमिका रेस्टुरेन्ट एण्ड लजका सञ्चालक) र जाजरकोट जुनिचाँदे–९ की ३४ वर्षीया देविका शाही (सुरेश होटल सञ्चालक) पनि छन्। बाँकी आठ जना फरक–फरक जिल्लाका रहेका प्रहरीको भनाइ छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू सार्वजनिक हित र स्वास्थ्य सुरक्षाविरुद्धका उच्छृङ्खल गतिविधिमा संलग्न रहेको प्रमाण फेला परेको जनाएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update