नेभिगेशन
समाचार

राष्ट्रिय युवा सङ्घ बाँसगढी नगर कमिटीले आयोजना गरेको बाँसगढी नगरपालिका स्तरीय युवा भेला कार्यक्रम सम्पन्न भएको छ

बाँसगढीमा रहेको सामुदायिक भवनमा बिहीबार सञ्चालन गरिएको कार्यक्रममा
प्रमुख अतिथिका रूपमा बाँसगढी नगरपालिका प्रमुख खड्गबहादुर खड्काको उपस्थिति रहेको थियो ।  
नगर प्रमुख खड्काले कार्यक्रम अवधिभर नगरका युवाहरूसँग नगरभित्रका विभिन्न विकास साथसाथै खेलकुदका क्रियाकलाप सम्बन्धी छलफल गरेका थिए । साथै उनले बाँसगढी नगरपालिकाभित्र रहेका विकास प्रेमी युवाहरुलाई एकताका रूपमा अगाडि बढ्न र बढाउनका निम्ति राष्ट्रिय युवा सङ्घ बाँसगढी नगर कमिटीले आयोजना गरेको यो कार्यक्रम नगरका लागि निकै फलदायी रहेको समेत उल्लेख गरेका थिए ।
बाँसगढी नगरका २०० भन्दा बढी युवाहरूको सशक्त सहभागिता र उत्साहजनक उपस्थिति सहित मेयरसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरि कार्यक्रममा नगरको सामाजिक परिस्थिति र विकासका विषयमा महत्वपूर्ण छलफल गरि सम्पन्न भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update